यो दस्तावेजले नागरिक समाज संगठन (CSOs), शिक्षा अधिवक्ताहरू, अभियानकर्मी र समुदायका अगुवाहरुको लागि हो। यो रुपरेखाले स्थानीय सरकारका शिक्षा नीति, योजना र बजेटको विश्लेषण तथा मूल्याङ्कन गर्न मद्दत पुर्याउन एउटा विस्तृत खाका प्रदान गर्दछ। प्रमाणमा आधारित वकालत र नीति सुधारका लागि सहयोग गर्ने उद्देश्यले तयार गरिएको यस रूपरेखाले नेपालका स्थानीय शिक्षा प्रणालीहरूलाई समान, समावेशी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूसँग [जस्तैः नेपालको विद्यालय शिक्षा क्षेत्र योजना (SESP), राष्ट्रिय शिक्षा नीति २०७६, र गुणस्तरीय शिक्षासम्बन्धी दिगो विकास लक्ष्य ४ (SDG 4)] मेल खाने बनाउन सहयोग गर्दछ।
यो दस्तावेजले नागरिक समाज संगठनहरूलाई स्पष्ट रूपमा प्रश्न गर्दै विश्लेषण र कार्यान्वयन गर्न योग्य सिफारिसहरू प्रदान गरेर निम्न कार्यहरू गर्न सहयाेग गर्दछ:
यो रूपरेखाको खाकाले तपाइलाई नीति समीक्षा, वकालत वा प्रगति अनुगमन गरी स्थानीय तहमा पारदर्शी, प्रभावकारी र समावेशी शिक्षा प्रणाली प्रवर्द्धन गर्न सहयोग गर्नमा मद्दत पुर्याउनेछ।
<aside> <img src="/icons/pencil_gray.svg" alt="/icons/pencil_gray.svg" width="40px" />
</aside>
<aside> <img src="/icons/save_purple.svg" alt="/icons/save_purple.svg" width="40px" />
</aside>