यो शिक्षा प्रवद्र्धनका लागि मानव केन्द्रित डिजाइन (HCD) कार्यपुस्तिका शिक्षाकर्मी, विद्यार्थी र समुदायका अभियानकर्ताहरूलाई नेपालको शिक्षामा देखिएका चुनौतीहरूको सन्दर्भमा सिर्जनात्मक र मानिस-केन्द्रित समाधानहरू विकास गर्न सहयोग पुर्याउने उद्देश्यले तयार गरिएको हो। अवलोकन, अन्तरवार्ता, आइडिया निर्माण र प्रोटोटाइपिङका चरणहरू हुँदै जानुपर्ने यो प्रक्रियात्मक यात्रा सहभागीहरूलाई गहिरो रुपमा संलग्न गराउँछ। सहानुभूति र सहकार्यमा आधारित अभ्यास र उपकरणहरूमार्फत यो कार्यपुस्तिकाले समुदायको आवश्यकता र आवाजलाई केन्द्रीकृत गर्दै प्रभावशाली शिक्षा अभियानहरू डिजाइन गर्न सहभागीहरूलाई सशक्त बनाउँछ।
<aside> <img src="/icons/save_purple.svg" alt="/icons/save_purple.svg" width="40px" />
वर्कशीट डाउनलोड गर्नुहोस्
</aside>