यो मार्गदर्शन पुस्तिका नागरिक समाजलाई सार्वजनिक शिक्षा प्रणालीलाई थप जवाफदेही बनाउन प्रभावकारी जनवकालतका लागि सहयोग पुर्‍याउने उद्देश्यले तयार गरिएको हो । यसले शिक्षा क्षेत्रका संरचनागत, नीतिगत तथा व्यवहारगत चुनौतीहरू समाधान गर्न सामाजिक न्यायको दृष्टिकोणबाट खोज्ने प्रयास गर्नुका साथै, तथ्याङ्कमा आधारित र समावेशितालाई केन्द्रमा राखेको छ ।

यस पुस्तिकामा शिक्षा वकालतका आधारभूत अवधारणा, चरणबद्ध प्रक्रिया, आवश्यक तौरतरिका विधि र सफल अभ्यासका उदाहरणहरू समावेश गरिएका छन् । शिक्षाको जनवकालतका लागि शिक्षा सम्बन्धी अवधारणा स्पष्ट पार्ने, वकालतको आवश्यकता, नागरिक समाज र त्यसको भूमिका बारेमा सहज तरिकाले बुझाउने प्रयत्न गरिएको छ । जनवकालतका लागि सन्दर्भको आवश्यकता, सामाजिक विश्लेषण, समस्या कुन अवस्थामा सवाल बन्छ र सवालको प्राथमिकीकरणबाट जनवकालतको मुख्य मुद्दा पहिल्याउने विधि, तौरतरिका तथा त्यो/ती सवालमा जनवकालतको प्रक्रिया र त्यसबाट समस्या समाधानका लागि आवश्यक परिवर्तनको बाटो देखाउन मद्दत पुग्ने विचारले सामग्रीको संयोजन गरिएको छ ।

Advocacy Guidebook.pdf