यस उपकरणले नागरिक समाजसँग सम्बन्धित सङ्गठनहरू, सामुदायिक अगुवाहरु तथा शिक्षा अभियन्ताहरुका लागि नेपालको संविधान २०७२ को धारा ३१ ले सुनिश्चित गरेको र दिगो विकास लक्ष्य ४ र मानवअधिकारका विभिन्न सन्धि-सम्झौताहरुले प्रदान गरेको प्रत्येक बालबालिकाको शिक्षा-सम्बन्धी हकबारे नेपालले जनाएका अन्तर्राष्ट्रिय प्रतिवद्धताहरुलाई विद्यालयहरूले आ-आफ्ना क्षेत्रहरूमा साँच्चै नै कार्यन्वयनको स्तरमा समर्थन गरिरहेका छन् या छैनन् भन्ने विषयमा बुझ्न सहयोग गर्ने उद्देश्य लिएको छ।

यो  उपकरणले उपलब्धता, पहुँचयोग्यता, स्वीकार्यता  र अनुकूलनशीलताजस्ता शिक्षाको  बहुकोणीय  पक्षहरूबाट मूल्याङ्कन गर्न मद्दत गर्ने क्याटरिना टोमसेभ्सकीको 'फ्रेमवर्क' मा आधारित छ।  लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशिता माथि  बलियो जोड दिनु नै यस  उपकरणको विशेषता हो । यस उपकरणले यसका प्रयोगकर्ताहरुलाई किशोरीहरु, दलित, अपाङ्गता भएका बालबालिका, जनजाति  र न्यून आय भएका वा भूगोलको आधारमा सीमान्त अवस्थामा रहेका सबै पृष्ठभूमिका बालबालिकाहरूको शिक्षामा वास्तविक पहुँच र उनीहरुले त्यसबाट फाइदा लिन सक्षम छन् या छैनन् भन्ने कुरालाई नजिकबाट हेर्न प्रोत्साहन  गर्दछ ।

यस  उपकरणको उपयोगबाट नागरिक समाजका सङ्गठनहरूले गर्न सक्ने कार्यहरू:

Nepali RTE Monitoring Tool.pdf